४० के.जी गाँजासहित राक्सिराङका शाह पक्राउ

२०७६ श्रावण ६,सोमबार १९:१३

मकवानपुर ६ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४० के.जी लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ४३ को अन्जन शाहलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ स्थित कालिथापबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा अन्जन शाहको घरमा खानतलासी गरेको थियो ।

सोही क्रममा ४० के.जी गाँजा फेला परेपछि शाहलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*