मनकामना सहकारी प्रकरण – व्यवस्थापक हुमागाईंले दिए राजिनामा

२०७६ श्रावण ६,सोमबार १७:०३

मकवानपुर ६ साउन । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना दूग्घ उत्पादक सहकारी संस्थाका व्यवस्थापक बलराम हुमागाईंले राजिनामा दिएका छन् ।
संस्थाकै शेयर सदस्यहरुबाट व्यवस्थापक हुमागाईको विषयमा गुनासो आएपछि राजिनामा दिएको हुमागाईंले तु खबरसंग बताए । यसअघि तु खबरले समाचार प्रकाशन गरेको थियो ।

संस्थाको कार्यविधि अनुसार ५८ बर्ष उमेर पूरा नभएका मानिसले मात्रै उक्त संस्थामा काम गर्न पाउने व्यवस्था छ । तर संस्थाका व्यवस्थापक हुमागाईंले ५८ बर्ष उमेर पुरा भएको भएपनि संस्था छोडेका थिएनन् ।

५८ बर्ष उमेर पुरा भएको भएपनि उनले संस्था छोडेका थिएनन् । उनले संस्था नछोडेको विषयमा तु खबरमा समाचार सार्वजनिक भएको थियो ।

शेयर सदस्यहरुको चौतर्फी दबाब परेपछि उनले राजिनामा दिएका हुन् ।

उमेरहदका कारण अनिवार्य अवकाश पाउनुपर्ने उनी संस्थाको जिम्मेवारी सम्ंहाल्दै आएका थिए । उनले व्यवस्थापक पदबाट राजिनामा दिएपछि करारमा जागिर खाएको तु खबरलाई बताए । तर उनलाई करारमा नियुक्ति गर्नेबारे कुनै सार्वजनिक सूचना गरिएको छैन ।

यस विषयमा हुमागाईलाई प्रतिक्रिया माग्दा संस्थाले कुनै सार्वजनिक सूचना ननिकालेको बताए । संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालले पनि उनलाई साउन १ गतेबाट करारमा नियुक्त गरिएको बताए ।

तर नियुक्तिको लागि कुनै सार्वजनिक सूचना निकालिएको थियो वा थिएन उनले खुलाउन चाहेनन् ।

यो पनि पठ्नुहोस् ।

मकवानपुरगढीको मनकामना दूग्घ सहकारीमा अनियमितता, अख्तियारमा उजुरी

मनकामना दूग्ध सहकारी प्रकरण : ५८ वर्ष पूरा भइसकेका व्यवस्थापक हुमागाई तलब बुझ्दै

मनकामना दूग्ध सहकारीमा अर्को वितण्डा, कर्मचारी नियुक्तीमा राजनीति

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*