अवैध गाँजासहित तामाङ र भुजेल पक्राउ

२०७६ श्रावण ६,सोमबार १६:०२

मोरङ ६ साउन । मोरङको केराबारी गाउँपालिका–१०, बगैचा चौकबाट अवैध ३ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।

सोमबार उक्त गाँजासहित स्थानीय १८ वर्षीय गणेश तामाङ र जिग्री भुजेल फक्राउ परेका हुन् ।

गाँजा बोकेर सोमबार बिहानै हिँडिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय केरावारीको टोलीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*