हेटौंडाको हङकङ बजारमा रक्तदान कार्यक्रम

२०७६ श्रावण ६,सोमबार १४:४२

मकवानपुर ६ साउन । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्य समितिले सोमबार हेटौंडा–१०, बसपार्कमा रहेको हङकङ बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौंडा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएकाले संघले रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका मकवानपुर अध्यक्ष सुर्य प्रसाद ढुंगेलले बताए ।

हेटौंडा १० नम्बर वडाध्यक्ष किताब सिंह लामाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल स्वरोजगार व्यापार श्रमिक संघ केन्द्रीय सदस्य तथा प्रदेश ३ इन्चार्ज भवानी शर्मा, प्रदेश ३ उपाध्यक्ष सनद ढकाल लगायतका व्यापारीहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*