१०० किलोग्राम बुद्धचित्तसहित ४ जना पक्राउ

२०७६ श्रावण ६,सोमबार १४:२१

काठमाडौं, ६ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट प्रहरीले १०० किलोग्राम बुद्धचित्तसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–७ बसुन्धरा बस्ने ४० वर्षीय शुक्र लामा, बसुन्धारा बस्ने दोलखाका २१ वर्षीय रोशन कार्की, बसुन्धारा बस्ने रामेछाप सुनापतीका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबासका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

गएराति बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको बुद्धचित्तको दाना फेला पारी महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*