मिडिया विधेयक परिमार्जन नगरे सरकारविरुद्द आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी

२०७६ श्रावण ६,सोमबार १३:५७

काठमाडौं ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

वीपी जयन्तीको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारे ।

सभापति देउवाले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*