माया र सम्मान गर्ने परम्पराले सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुग्यो

२०७६ श्रावण ६,सोमबार १३:४०

काठमाडौं ६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको उनको भनाई छ ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेकोसमेत बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*