निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु

२०७६ श्रावण ६,सोमबार १३:२७

मकवानपुर ६ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–७, भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छत भत्किएर किचिँदा दुई जनाको मृत्यु भएको छ ।

आज (सोमबार) बिहान निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो ।

घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*