भारतीय नागरिकको घाँटी रेटी हत्या

२०७६ श्रावण ६,सोमबार १३:१९

सुनसरीको देवानगञ्ज गाउँपालिका–२, बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज (सोमबार) बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या गरिएको छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका अन्दाजी ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*