भीमफेदी कारागारमा महिला बन्दीगृह सुधार गरिदै

२०७६ श्रावण ६,सोमबार १२:५८

मकवानपुर ६ साउन । मकवानपुरको भिमफेदी कारागारमा महिला बन्दीगृह सुधार गर्न लागिएको छ ।

विभिन्न अपराधमा संलग्न महिलाहरुले कारागारमा हुँदा कुनैपनि समस्या बेहोर्न नपरोस् भनेर भीमफेदी कारागारको महिला बन्दीगृह सुधार गर्न लागिएको हो ।

महिला बन्दीगृहको थप सुधारका लागि गत आर्थिक वर्षमा पनि सुबिधा सम्पन्न शौचालय निर्माणको बजेट छुट्याएर काम गरिरहेको प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

त्यसैगरी त्यसबाट बचेको रकमबाट चालु आर्थिक वर्षमा पनि १७ लाख ५० हजार रुपैयाँ लागतमा काम गर्ने तयारी गरिएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*