धादिङमा माइक्रो बस खोलामा खस्यो, १३ घाइते

२०७६ श्रावण ६,सोमबार ११:५१

मकवानपुर ६ साउन । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा सवारी दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडकखण्डमा बससँग माइक्रो बस ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको त्यहाँका संचारमाध्ययमहरुले जनाएका छन् ।
माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*