नेकपाले टुंगो लगायो जिल्ला इन्चार्ज र सह–इन्चार्ज, मकवानपुरको इन्चार्ज खतिवडा

२०७६ श्रावण ६,सोमबार १०:४९

मकवानपुर ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो ।

मकवानपुर जिल्लामा भने प्रतिनिधी सभा सदस्य विरोध खतिवडा इञ्चार्ज, कुमारी मोक्तान र रामेश्वर राना सह–इञ्चार्जमा चयन भएका छन् । केही दिन अघि प्रतिनिधिसभाका सदस्य खतिवडा सह–इन्चार्जमा र कुमारी मोक्तान इन्चार्जमा चयन भएकी थिईन् ।

यसैगरी जिल्ला इन्चार्ज र सह–इनचार्जमा प्रदेश नम्बर ३ सरकारका केही मन्त्रीहरुसमेत जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जमा चयन भएका छन् ।

प्रदेश ३ का आन्तरिक मामिला एवम् कानूनमन्त्री शालिकराम जम्कट्टेल धादिङ जिल्लाका इञ्चार्ज, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल सिन्धुपाल्चोकका सह–इञ्चार्जमा चयन भएका हुन् ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल पनि रामेछापको सह–इञ्चार्जमा चयन भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*