मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

२०७६ श्रावण ५,आईतवार १२:२२

मकवानपुर ५ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९, रजैयाको राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ ।

गएराति गाँजा बोकेको ५–६ जनाको समूह र मकवानपुर प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो ।

प्रहरीबाट पनि जवाफी फायरिङ भएपनि दुबैतर्फ कुनै क्षति नभएको जनाईएको छ ।

फायरिङपछि प्रहरीले गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिइएको छ भने अन्य फारर रहेका छन् । उनलाई केही बेरपछि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*