एउटा वडा अध्यक्षले अर्को वडा अध्यक्षलाई कुटपिट गरेपछि…

२०७६ श्रावण ३,शुक्रबार १७:५७

ओखलढुंगा ३ साउन । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा एक वडाका वडा अध्यक्षले अर्को वडाका अध्यक्षमाथि कुटपिट गरेको आरोप लागेको छ ।

गाउँपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष अजय लुइँटेलले वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापामाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

थापाले गत असार ३० गते दिउँसो आफु गाउँपालिकाको कार्यालयमा काम गरिहरको स्थानमै मादक पदार्थ सेवन गरी आएका लुइँटेलले एक्कासी कुटपिट गरेको भन्दै सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उजुरी दर्ता गराएका हुन् ।

गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने कुनै अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*