सर्पको टोकाईबाट १ जनाको मृत्यु

२०७६ श्रावण ३,शुक्रबार १६:४९

नवलपरासी ३ साउन । पूर्व नवलपुरमा शुक्रबार सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।

सर्पको टोकाईबाट कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको मृत्यु भएको हो ।

सर्पले डसेको थाहा नपाउँदा विषको असर शरीरमा देखिएपछि मात्र थापालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकोमा चिकित्सिकले मृत घोषणा गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*