भ्याट प्रणालीको विरोध, शहर बजारको फोहोर नउठाउने

२०७६ श्रावण ३,शुक्रबार १७:५८

मकवानपुर ३ साउन । सरकारले लगाएको कर प्रणालीले आफ्नो पेसा व्यावसाय धरापमा परेको भन्दै आईरन तथा स्क्रयाप संघ मकवानपुरले जिल्लाका सम्पुर्ण कवाडी सामान नउठाउन हड्ताल गरेका छ्न ।

संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले पुनरअवलोकन गर्न सरकार सामु माग गरेको छ ।

हेटौंडा नगरपालिकाको करिब ७० प्रतिशत फोहोर जन्री सामाग्री कवाडी संकलन कर्ताहरुले उठाउदै हेटौंडा शहर सुन्दर शहर बानाउन आफुहरुले सहयोग गर्दै आएको कवाडी व्यावसायिक संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले दाबी गरे ।

गाउँ शहर नगर सफा र सुन्दर बनाउने कवाडीको महत्त्वपूर्ण भूमिका हुने गर्दछ तेसकारण राज्यले उचित सहयोग र पुरस्कृत गर्नुपर्ने ठाउँमा उल्टै अव्यवहारीक रूपमा भ्याट प्रणालीमा लगाउन खोजेको अधिकारीले बताए ।

सरकार बिना अध्यन कवाडी व्यवासायलाई भ्याट प्रणालीमा लाद्दा सो व्यवासय संकटमा परेको संघका उपाध्यक्ष रामबाबु दासले बताए । हामी राज्यलाई कर तिर्न तयार छौ तर घरघरमा फोहोर संकलन गर्न जानेलाई भ्याट प्रणालीमा लाद्दा पेसा व्यावसायले हात धुनुपर्ने स्थिति आएको दासको भनाइ छ ।

भर्खरै सरकारले लागु गरेको व्यवस्था अनरुप फोहोरमैले कवाडी संकलनको क्रममा घर–घरमा पुग्ने संकलनकर्तालाई समेत अनिवार्य सरकार करको दायरामा ल्याउदा सो व्यवस्थापन आफ्नो व्यावसाय धरापमा परेको उनीहरुको भनाइ छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*