जबरजस्ती करणीको अभियोगमा मकवानपुरमा कार्यरत असई साह पक्राउ

२०७६ श्रावण ३,शुक्रबार १५:०४

रौतहट ३ साउन । जबरजस्ती करणीेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) राजेन्द्र साह पक्राउ परेका छन् ।

गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा  साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बारा जिल्ला महागढिमाई नगरपालिका घर भएका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*