२५ मिटर सडक विस्तार – बर्षाका कारण स्थानीयलाई सास्ती

२०७६ श्रावण ३,शुक्रबार १४:४६

मकवानपुर ३ साउन । पूर्वपश्चिम राजमार्ग एवं त्रिभुवन राजपथ अन्तरगतको सडक क्षेत्रकोे दाँया÷बाँया २५/२५ मिटरभित्र पर्ने संरचना हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

डिभिजन सडक कार्यालय मकवानपुरका सूचना अधिकारी जयराम अधिकारीले सडकक्षेत्र भित्र भएका संरचनाहरु हटाउने काम निरन्तर चलिरहेको बताए ।

बर्षाले विभिन्न स्थानको सडक अवरुद्ध गरेकोले सडक सुचारु गर्न सबै मेसिन पठाइएको बताए । अहिले स्थानीयलेनै २५ मिटरभित्र पर्ने संरचना हटाउने काम गरिरहेको उनले जानकारी दिए ।

यद्यपी बर्षाका कारण सास्ती भइरहेको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् ।

डिभिजन सडक कार्यालय मकवानपुरले १५ दिने सूचनापछि संरचना हटाउने काम गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*