भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनाको उद्दार

२०७६ श्रावण ३,शुक्रबार १४:१४

मोरङ ३ साउन । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको छ ।

प्रहरीले उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति उद्दार गरेको हो ।

उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारी रहेका छन् ।

पक्राउ परेकाहरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*