सनराइज बैंक हेटौंडाको आयोजनामा मेहन्दी उत्सव (फोटोफिचर)

२०७६ श्रावण ३,शुक्रबार १३:३८

मकवानपुर ३ साउन । हेटौंडामा आज (शुक्रबार) महिलाका लागि सनराइज मेहन्दी उत्सव कार्यक्रमको आयोजना गरिएको छ ।

सनराईज बैँक हेटौंडा शाखाको आयोजनामा बैंकमा सेवा लिन आएका सेवाग्राही महिला तथा अन्यका लागिसमेत मेहन्दी उत्सव आयोजना गरेको हो ।

बैंकले नियमित वार्षिक कार्यक्रम अन्तरगत मेहन्दी उत्सव आयोजना गर्दै आएको सनराइज बैंक हेटौंडा शाखाका प्रबन्धक सुदर्शन खतिवडाले बताए ।

उनले देशभर रहेका ११३ वटा शाखाहरुमा साउन महिनाभर यो कार्यक्रम आयोजना गरिने भन्दै हेटौंडामा पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख अतिथ्यता रहेको थियो ।

हेर्नुस् फोटो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*