दुर्घटनाबाट जीप चालक बोगटीसहित दुई जनाको मृत्यु, ११ जना घाईते

२०७६ श्रावण ३,शुक्रबार १२:३२

काठमाडौं ३ साउन । बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप आज (शुक्रबार) बिहान दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।

उक्त जीप दुर्घटना हुँदा जीप चालक टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जीपमा चालकसहित १५ जना सवार रहेका थिए । दुर्घटनाबाट ११ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*