पत्रकार पुडासैनीलाई थर्काउने घिमिरेले माफी मागेपछि छुटे

२०७६ श्रावण २,बिहीबार १९:२६

मकवानपुर, २ साउन ।। तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई समाचार लेखेकै आधारमा मार्छु सम्म भनी धम्की दिने मकवानपुरगढी गाउँपालिका स्ल्याब ढलान समितिका अध्यक्ष रामप्रसाद घिमिरेले जिल्ला प्रहरी कार्यालयमा त्यसरी धम्की दिने काम आफूबाट हुनु गलत भएको भन्दै माफी मागेका छन् ।

मकवानपुरगढीका स्थानीय, घिमिरेका आफन्त र पत्रकार महासंघ मकवानपुरका प्रतिनिधि तथा पत्रकारको उपस्थितिमा उनले माफी मागेपछि घिमिरेलाई पत्रकार पुडासैनीकै अनुरोधका आधारमा आज छोडेको छ ।

उनले पत्रकारहरुप्रति आफूले गरेको गाली अक्षम्य रहेको भएपनि स्वास्थ्य अवस्थाआदिका कारण माफी दिन आग्रह गरेका थिए । घिमिरेका आफन्तलगायतका सबैतिरबाट स्वास्थ्य अवस्था नाजुक रहेका र जेष्ठ नागरिक समेत भएकाले एकपटकलाई माफी दिन पत्रकार पुडासैनीलाई आग्रह आएपछि उनले जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर माफी दिएको बताएका छन् ।

पुडासैनीले माफी दिएको बताए लगत्तै प्रहरीले उनको मुद्धा प्रमुख जिल्ला अधिकारीकहाँ पठाएको थियो ।
पत्रकार पुडासैनीले यो प्रकरणमा सहयोगको आसा राख्ने र आफूप्रति सद्भाव व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीले पनि सबैको सद्भाव प्रति धन्यवाद व्यक्त गरेका छन् ।
घिमिरेलाई सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जाहेरी दर्ता गरिएको थियो । सो मुद्धामा प्रमुख जिल्ला अधिकारीले दश दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*