दुर्घटनाबाट चौधरीको मृत्यु

२०७६ श्रावण २,बिहीबार १८:१०

कैलाली २ साउन । कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भएको छ ।

से ७ प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका–४ का २६ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाईकल चालक घोडाघोडी नगरपालिका–४ कै ३० वर्षीय प्रेम चौधरी घाईते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*