१२० किलो गाजासहित चार जना पक्राउ

२०७६ श्रावण २,बिहीबार १७:५७

काठमाडौं, २ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट भारत तस्करी हुँदै गरेको १२० किलोग्राम गाजासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ का २१ वर्षीय रमेश लामिछाने, पर्साको पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षीय प्रेम दास, पर्साकै सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका–१७ का २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन् ।

उनीहरुलई विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–२८, बगहीबाट बीआर०१ डीबी ०००३ नम्बरको कार र ना.२४ प ८७६४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*