युरोप पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

२०७६ श्रावण २,बिहीबार १७:३९

काठमाडौं, २ साउन । आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका धापासी बस्ने चितवन रत्ननगर नगरपालिका–४ देवौली घर भएका ३१ वर्षीय नबिन कुमार चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग विभिन्न मितिमा करिब ५१ लाख ५० हजार रुपैयाँ लिई काठमाडौं हुँदै भारतसम्म पुर्यारई अलपत्र पारी सम्पर्कविहिन भई फरार रहेकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई काठमाडौं टोखा नगरपालिका–६, स्थितबाट मंगलबार पक्राउ गरेको हो ।

चौधरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*