नेपालमा वर्षेनी २ अर्बभन्दा बढीको श्रृङ्गार सामग्री भित्रिन्छ

२०७६ श्रावण २,बिहीबार १७:१५

मकवानपुर २ साउन । भन्सार विभागको तथ्यङ्क अनुसार, नेपालमा आर्थिक वर्ष ०७५–७६ मा करिब १३ करोड ५४ लाख ७७ हजार पिस श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयात भएको छ ।

आर्थिक वर्ष ०७५–७६ मा नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयत भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्ता श्रृङ्गार सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो ।

नेपालमा आयात गरिने श्रृङ्गारका सामान भारत, चीन, थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकबाट आउने गरेको विभागले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*