सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०७६ श्रावण २,बिहीबार १६:५०

मोरङ २ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा बिहिबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ वर्षीय टिकाराम थापा र बसका सवार नामथर नखुलेका अन्दाजी ३५ वर्षीय एक युवक रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो ।

एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर, मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*