प्रजिअ तामाङ मार्फत प्रधानमन्त्रीलाई करको विषयमा व्यवसायीहरुको ज्ञापनपत्र

२०७६ श्रावण २,बिहीबार १५:३७

मकवानपुर २ साउन । करको विषयमा असन्तुष्टि जनाउँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गएको व्यवसायीहरुले आज प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल सरकारले साउन १ गतेबाट लागु हुने गरि जारी गरेको उद्योग व्यवसायसँग सम्बन्धित आर्थिक नीति, सामाजिक सुरक्षा योजना, भ्याटमा जानुपर्ने अनिवार्यता, भिसिटिएस र अन्य करको विषयमा असन्तुष्टि जनाउदैं उनीहरुले आज प्रजिअ तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

प्रजिअ तामाङलाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष कटुवालले यातायात व्यवसायी, निर्माण व्यवसायी लगायत अन्य व्यवसायी सम्बन्धित नियम कार्यान्वयनको सन्र्दभमा व्यहारिक कठिनाईहरु देखिएकोले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको जानकारी दिए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारी, नारायणी यातायात संघका अध्यक्ष हिरालाल श्रेष्ठ, विभिन्न वस्तुगत संघका अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*