डा. सिके राउतको जिवनमा आधारित चलचित्र निर्माण हुने

२०७६ श्रावण २,बिहीबार १०:२८

काठमाडौँ २ साउन । मधेशका चर्चित नेता डा. सिके राउतको जिवनमा आधारित चलचित्र निर्माण हुने भएको छ ।

‘डा. सिके राउत’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारित र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने भएको हो । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने भएको छ ।

चलचित्र घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिजले केक काटेको थियो ।

डा. राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए ।

‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले भने ।

चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला, पुकार भट्टराई, बिशाल पहाडी, किरण थापा लगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*