हेटौँडाको अर्थ आकाश साप्ताहिक चौथो वर्षमा प्रवेश

२०७६ श्रावण १,बुधबार १८:४१

मकवानपुर, १ साउन । मकवानपुरका नियमित प्रकाशन भैरहेको अर्थ आकाश साप्ताहिकको तेश्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

बुधबार हेटौंडा एक कार्यक्रमबीच पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
तेस्रो वार्षिकोत्सव सम्पन्न भएसँगैसाप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ ।

कार्यक्रममा साप्ताहिकका प्रकाशक तथा सम्पादक सुदर्शनप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुँमाईले मकवानपुरे पत्रकारितामा आर्थिक आकाशले खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

साथै उनले आर्थिक क्षेत्रपनि पाठकहरुको रुचिको विषयमा रहेकोले पत्रिकाले थप आर्थिक क्षेत्रका क्रियाकलापलाई बढवा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पत्रिकाका प्रकाशक सम्पादक अधिकारीले अर्थ आकाशलाई आर्थिक एजेण्डको पहिचान बोकेको पत्रिका बनाउन लागिपरेको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*