सालीसँग मिलेर श्रीमतीको हत्या

२०७६ श्रावण १,बुधबार १८:१३

कास्की १ साउन । पोखरा महानगरपालिका–१५, कान्तिपुर चोककी लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा उनकै श्रीमानसहित ४ जना पक्राउ गरेका छन् ।

प्रहरीले लक्ष्मकी श्रीमान ३५ वर्षीय रमेश नेपाली, पोखरा–९, महेन्द्रपुल बस्ने भोजपुरका ३२ वर्षीय संजय शर्मा, पोखरा पृथ्वीचोक बस्ने सर्लाहीका २६ वर्षीय चित रञ्जन कुमार साह र गोरखाकी १९ वर्षीया अनु परियारलाई पक्राउ गरेको हो ।

२७ वर्षीया लक्ष्मी गत असार १ गतेदेखि हराइरहेकी थिइन् । २५ दिनपछि उनको शव पोखरा–२२ कर्कले जंगलमा भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा लक्ष्मीको हत्यामा उनकै श्रीमानको प्रत्यक्ष संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार, लक्ष्मीले आफ्ना श्रीमान र साली नाता पर्ने (मामाकी छोरी) अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएकी थिइन् । यसबाट आफ्नो बदनाम भएको भन्दै उनीहरूले लक्ष्मीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*