अवैध लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

२०७६ श्रावण १,बुधबार १७:५४

मकवानपुर १ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पिपल चौतारीबाट आज (बुधबार) विहान  ८ बजेर ४५ मिनेटको समयमाअवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ना १४ प ३२४५ नम्बरको मोटरसाईक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१७, रामनगर बस्ने ४० वर्षीय टिकाराम सार्की र मोटरसाईक सवार सोही ठाउँका ४५ वर्षीय तारा बहादुर भुजेल रहेका छन् ।

पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको उक्त मोटरसाई चेकजाँच गर्ने क्रममा मोटरसाईमा सवार भुजेलले पछाडीभिर्ने झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम.एल. को १०० बोतल फेला परेपछि उनीहरु दुबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित झुजेल र सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*