गुम्बा विहार संघद्वारा ज्ञापन पत्र पेश

२०७६ श्रावण १,बुधबार १७:१९

मकवानपुर १ साउन । गुम्बा विहार संरक्षण संघ मकवानपुरद्वारा भूकम्पबाट क्षतिग्रस्त गुम्बाहरुमध्ये आंशिक क्षति पुगेका तथा प्राविधिक रुपमा गरिएको ग्रेडिङ अनुसार मर्मत सम्भारका लागि विनियोजित सहयोग रकम रोक्न खोजिएको भन्दै उक्त सहयोग रकम सम्बन्धीत गुम्बा विहारले पाउनुपर्ने माग गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय मकवानपुरमा बुधबार ज्ञापन पत्र बुझाइएको छ ।

भूकम्प गएको ४ वर्ष वितिसक्दा गुम्बा समितिले आफैं केही हदसम्म मर्मत सम्भार गरिसकेको भन्दै सहयोग रकम रोक्न खोजिएको र उक्त कार्य संघलाई स्वीकार्य नहुने गुम्बा विहार संरक्षण संघ मकवानपुरका अध्यक्ष निरु थिङले बताईन् ।

भूकम्प गएको ४ वर्ष वितिसक्दा समेत सहयोग रकम प्रदान नगरिँदा सम्बन्धी गुम्बा विहारले सामान्य मर्मत सम्भार गरी सञ्चालन गरिरहेको र प्राप्त हुने सो रकमबाट सम्बन्धीत गुम्बा समितिले गुम्बामा आवश्यक अन्य संरचना, छात्रावास, वाल पाठशाला मर्मत तथा निर्माण कार्य गर्न पाउनुपर्ने माग गरेको छ ।

सर्भे भएको तर पछि पठाइएको मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरुको क्षतिको वर्गिकरण सूचिकृत गर्न पनि संघले माग गरेको छ । ज्ञापन पत्र पेश गर्ने क्रममा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*