बाढीपहिरो र डुवानबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२०७६ श्रावण १,बुधबार १६:१७

काठमाडौं, १ साउन । बाढीपहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

बुधबार नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले समर्थन जनाएका छन् ।

वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले प्रस्ताव दर्ता गरिएको उल्लेख गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*