अपडेट : पत्रकार पुडासैनीलाई धम्की दिने घिमिरेलाई हिरासतमा राखी अनुसन्धान गर्न १० दिने म्याद

२०७६ श्रावण १,बुधबार १६:०८

मकवानपुर १ साउन । तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई धम्की दिने उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेलाई मकवानपुर प्रहरीले पक्राउ गरी १० दिन थुनामा राख्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले घिमिरेलाई १० दिन थुनामा राख्न आज आदेश दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मुद्धाको अनुसन्धान गर्न प्रहरीलाई १० दिनको समय दिएका हुन् । अब प्रहरीले अभियुक्त घिमिरेलाई १० दिन आफ्नो हिरासतमा राखी मुद्धाको अनुसन्धान गर्नेछ ।

यो पनि पढ्नुहोस् 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*