विश्वकप छनोटको दोस्रो चरणमा नेपाल कठिन समूहमा

२०७६ श्रावण १,बुधबार १५:५१

काठमाडौं १ साउन । सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल कठित समूहमा परेको हो ।

नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् ।

एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*