पत्रकार पुडासैनीलाई धम्की दिने घिमिरे पक्राउ

२०७६ श्रावण १,बुधबार १५:१५

मकवानपुर १ साउन । तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाईं समाचार प्रकाशनको विषयमा असन्तुष्टी जनाउँदै अश्लिन गाली गलौजसहित धक्की दिने स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरे पक्राउ परेका छन् ।

धम्की आएको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार पुडासैनीले जाहेरी दिएपछि प्रहरीले घिमिरेलाई आज (बुधबार) पक्राउ गरेको हो । घिमिरेलाई पक्राउ गरि प्रहरी हिराशतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको स्ल्याब ढलानको विषयमा मंगलबार समाचार प्रकाशित भएपछि स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले पत्रकार पुडासैनीलाई फोनमार्फत धम्की दिएका थिए ।

यो पनि पढ्नुहोस् ।

असई चित्र खड्काको झुट : पत्रकार पुडासैनी धम्क्याउने घिमिरेलाई भेटेर पनि भेटिएन भन्दै रिपोटिङ

पत्रकार पुडासैनी धम्क्याउने घिमिरेलाई गाउँपालिका अध्यक्षको साथ , पक्राउ गर्न पुगेको प्रहरी फर्कियो

गढी गाउँपालिकाको स्ल्याब ढलान अपडेट – समाचार प्रकाशनपछि समितिका अध्यक्षको पत्रकारलाई धम्की

मकवानपुरगढीमा असारे विकास – महिना दिन नवित्दै भत्कियो स्ल्याब

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*