माओवादी जनमुक्ति सेना पार्टीद्वारा बाढीपहिरोमा परि ज्यान गुमाउनेको परिवारजनप्रति समवेदना प्रकट (विज्ञप्तिसहित)

२०७६ श्रावण १,बुधबार १४:३१

मकवानपुर १ साउन । नेपालमा हालै आएको वर्षाका कारण आएका बाढीपहिरो र डुवानमा परि मृत्यु हुने मृतकको परिवारजनप्रति माओवादी जनमुक्ति सेना पार्टी नेपाल केन्द्रीय समितिले समवेदना प्रकट गरेको छ ।

उक्त पार्टीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै मृतक परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै बाढीपहिरो र डुवानबाट बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्दै घाईतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

पार्टीले उक्त विज्ञप्ति मार्फत यस घटनाप्रति संवेदनशील भई आ–आफ्नो कर्तव्य र भूमिका निभाई उद्दार र राहत कार्यमा सहयोग पुर्याउन नेपाल सरकार तथा गृह प्रशासन, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीय जनसमुदायहरुलाई आग्रह गरिएको छ ।

साथै पार्टीले नेपाल सरकार समक्ष मृतक र बेपत्ता परिवानरजनप्रति उचित क्षतिपूर्ति र सुरक्षित बसोबारको व्यवस्था, घाईतहरुको राज्यद्वारा निःशुल्क उपचारसहित पुर्ण व्यवस्था गर्न माग गरेको छ ।

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*