मनसुनी गतिविधि देशभर कमजोर हुँदै, अझै एक–दुई दिन सतर्क हुन जरुरी

२०७६ असार ३१,मंगलवार १०:२८

काठमाडौं ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक–दुई दिन देशका केही स्थानमा भारी वर्षा हुनेछ ।

त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् ।

मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।

मौसमविद समीर श्रेष्ठले मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकाले अब धेरै पानी नपर्ने बताए । यद्यपि मंगलबार दिउँसो पहाडि र तराईका १–२ स्थानमा तथा राति पूर्वी तथा पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*