व्यापारीलाई धम्की दिँदै रकम असुल्ने लामा पक्राउ

२०७६ असार ३१,मंगलवार १०:०१

काठमाडौं ३१ असार । व्यापारीलाई धम्की दिँदै रकम असुल्ने ‘निमा’ भन्ने राजेन्द्र लामा पक्राउ परेका छन् ।

काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामालाई मंगलबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

लामालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तमा बानेश्वरमा पठाइने छ ।

उनले कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको विशेष सूचनाको आधारमा प्रहरीले कोटेश्वरको शुभकामना मार्गबाट पक्राउ गरेको हो ।

उनलाई २०७४ फागुनमा दरबारमार्गबाट पनि प्रहरीले पक्राउ गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*