अपडेट : किन खोलिएन कुलेखानी जलाशयको ढोका ?

२०७६ असार ३०,सोमबार १४:२४

मकवानपुर ३० असार । मकवानपुरको ईन्द्रसरोवर गाँउपालिकास्थित मानवनिर्मित कुलेखानी जलाशयको ढोका अझै खोलिएको छैन ।

जलाशयमा पानीको सतह निकै बढेकोले खतरा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबार जलाशयको ढोका खोल्न निर्देशन दिएको थियो ।

प्रशासनले आज विहान ८ बजे ढोका खोल्नेसमेत जनाएको थियो । तर जलाशयको ढोका अझै खोलिएको भने छैन ।

यसबारे मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहलाई जिज्ञासा राख्दा उनले आज सोमबार बर्षा नभएकोले जलाशयको ढोका नखोलिएको बताए ।

उनले भने ‘ बर्षा हुन छोडेकोले खतरा नहोला भनेर हामीले ढोका नखोलेका हौँ, अवस्था हेरेर ढोका खोल्नपर्ने पनि हुनसक्छ । ’

उनले जलाशयबाट ‘इलेक्ट्रीक प्रोडक्सन’ मार्फत् पानी घटाउने प्रयास भने भएको बताए ।

यो पनि पढ्नुहोस् ।

 

खतरा बढेपछि कुलेखानी जलाशयको ढोका खोलिँदै

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*