अपडेट : पहिरोले पुरिएर बेपत्ता भएका मकवानपुरका दुबै जनाको शव फेला

२०७६ असार ३०,सोमबार १३:०३

मकवानपुर ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

गएराति आएको पहिरोमा पुरिएर स्थानीय अन्दाजी ४५–४५ वर्षीया कान्छिमाया बलामी र उनकी छोरी १८ वर्षीया बविता बलामी बेपत्ता भएका थिए ।

उनीहरुको आज (सोमबर) शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर कान्छिमायाकी बुहारी अन्दाजी ३०–३२ वर्षीया बेली बलामी भने घाईते भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*