बाढीपहिरो अपडेट : मकवानपुरमा पहिरोले पुरिएर दुई जना बेपत्ता

२०७६ असार ३०,सोमबार ०९:२०

मकवानपुर ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा पहिरोले घर पुरिदाँ दुई जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोमा पुरिएर स्थानीय अन्दाजी ४५–४५ वर्षीया कान्छिमाया बलामी र उनकी छोरी १८ वर्षीया बविता बलामी बेपत्ता भएका हुन् ।

राति घरमै सुतिरहेका बेला वर्षासँगै आएको पहिरोले पुरिएर उनीहरु बेपता भएका हुन् । पहिरोले पुरिएर अन्दाजी ३०–३२ वर्षीया बेली बलामीको उद्दार गरिएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*