मेयर महतको बोलीको ठेगान भएन : उहिले बाइपास, अहिले २५ मिटर विस्तार !

२०७६ असार २९,आईतवार ०९:४२

मकवानपुर २९ असार । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौँडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले एकाएक बोली फेर्न थालेका छन् ।

स्थानीय तहको निर्वाचन अघि हेटौँडामा २५ मिटर सडक विस्तार नगरी बाइपास गरेर लैजानपर्ने भन्दै घोषणापत्रमानै सार्वजनिक गरेरका महतले निर्वाचित भइसकेपछि भने २५ मिटर सडक विस्तार हुनैपर्ने दावी गर्दै आएका छन् ।

मेयर महतले स्थानीय तहको निर्वाचन अघि घोषणापत्रमानै २५ मिटर सडक विस्तार गर्न नहुने उल्लेख गरेका थिए । उनले भिडियो अन्तरवार्तामा भनेका थिए ‘ संसारमै यस्तो अभ्यास छैन, की मध्ये बजारबाट हाइवे लैजाने, हामीले बाइपासबाट हाइवे लान सरकारसग प्रयास गर्नेछौँ ।’

बाइपासको लागि पर्याप्त ठाँउ पनि छ, त्यसो गर्दा खास मुआब्जा दिन पनि पर्दैन, हाम्रो घोषणापत्रमा पनि त्यही छ । उनी त्यही घोषणापत्र देखाएर निर्वाचित भए । ‘हेटौँडाको बजारभित्र हाइवे हुँदैन’ – उनले भनेका थिए ।

स्थानीय तहको निर्वाचन पछी हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबोल महतले कुनैपनि हालतमा २५ मिटर सडक विस्तार हुनैपर्ने दावी गरेका छन् । उनले हेटौँडा बजार भत्काउन सरकारले नसके आफुलाई जिम्मेवारी दिए हुने भन्दै केही समयअघि होटल प्रकाशमा भएको कार्यक्रममा भाषण गरेका थिए ।

उनले २५ मिटर सडक विस्तार हुनुपर्ने भन्दै प्रधानमन्त्रीको कार्यालयमा पत्र समेत पठाएका थिए ।

मउवा संघ अध्यक्ष कटुवालको धारणा यस्तो

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले हेटौँडामा २५ मिटर नभई १६ मिटरमात्रै सडक विस्तार गर्नुपर्ने धारणा राखेका छन् । अदालतले घर नभत्काउनु भनेर स्टे अर्डर दिएको छ, अब की कानूनभन्दा हामी माथि हौँ भनेर भत्काउनु पर्यो, की मिलाएर लैजान पर्यो – उनले भने ।

सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने तरिकाले गर्ने हो भने, १६ मिटर विस्तार गरौँ, सडक पनि विस्तार हुन्छ, मुआब्जा पनि चाँहीदैन । उनले भने ।

उनले आफुहरु १६ मिटरमात्रै विस्तार गर्ने अभियानमा लागेको बताए ।

यो पनि पढ्नुहोस् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*