हेटौंडाबाट त्रिभुवन राजपथ तथा कुलेखानीसम्म यातायात सञ्चालनमा

२०७६ असार २८,शनिबार ११:२९

मकवानपुर, २८ असार । त्रिभुवन राजपथको महभिरमा गएराति आएको पहिरो हटाई आज बिहान साढे १० बजेदखि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहिबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा रुख ढल्नाले हेटौंडाबाट काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो ।

यसैगरी हेटौंडा–भीमफेदी सडकखण्डको पान्द्राङ र गोल्पिङ नजिकको सडकमा आएको पहिरो हटाई हेटौंडा–भीमफेदीको यातायता सेवा पनि आज बिहान १० बजेदेखि सञ्चालनमा आएका ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

भीमफेदीबाट कुलेखानीको ड्यामसम्म गएको पहिरो हटाई भीमफेदीदेखि कुलेखानीसम्मको आज बिहानबाट यातायात सञ्चालनमा ल्याईएको पनि भीमफेदी प्रहरीले जनाइएको छ ।

कुलेखानी फाखेल सडकखण्डको महालक्ष्मी खोला लगायत विभिन्न स्थानमा आएको पहिरो हटाउने कार्य भईरहेको र आजै अपरान्हसम्ममा हेटौंडा–कुलेखानी हुँदै काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याउने प्रयास भईरहेको मकवानपुरका प्रजिअ आस्मान तामाङले बताए ।

आज बिहान हेटौंडाबाट त्रिभुवन राजपथ तथा भीमफेदी कुलेखानीतर्फ कुनैपनि सवारी साधनहरु सञ्चालन नआएको प्रहरीले जनाएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*