मकवानपुरमा बाढीले बगाउँदा अर्को एक जनाको मृत्यु

२०७६ असार २८,शनिबार ०८:०९

मकवानपुर २८ असार । मकवापुर जिल्लाको कैलाश गाउँपालिका वडा १० नामटारस्थित शुक्रबार दुर खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा बस्ने ५५ वर्षीय सानुकान्छा सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई शुक्रबार नै बाढीले बगाए पनि उनको शव स्थानीय प्रहरीले आज (शनिबार) विहान फेला परेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा बाढीको प्रकोपले बगाउँदा एक छात्रासहित दुई जनाएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले आज जनाएको छ ।

अविरल वर्षातले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आजै विहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

यसैगरी अविरल परेको वर्षातले भैंसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौंडा–भीमफेदीतर्फ जाने यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै हेटौंडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सिस्नेरी र फाखेलतर्फको सडकखण्डमा हिजैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

आज मौसममा सुधार भएमा हेटौंडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजरहरु त्यसतर्फ पठाई सकेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*