मूलपानीमा पर्खालले किचेर ३ जनाको मृत्यु

२०७६ असार २७,शुक्रबार १७:४८
File Photo

काठमाडौ २७ असार । काठमाडौँको मुलापानीस्थित बाबा चोकमा पर्खालले किचेर ३ जनाको ज्यान गएको छ । बाबा चोकमा टहरामा बस्दै आएका बाराका ३ जनाको अर्काको घरको पर्खालले किचेर ज्यान गएको हो।

महानगरीय प्रहरी परिसर बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार ज्यान गुमाउनेमा देउरानी–जेठानी र एकजना १० वर्षीय बालक छन्। मृत्यु हुनेहरुमा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया मिनु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*