चुरियामाईमा पहिरोले पुर्यो बस, यात्रुहरु सिसा फोरेर बाहिर निस्कँदै

२०७६ असार २७,शुक्रबार १७:४३

मकवानपुर २७ असार । अविरल बर्षाको कारण मकवानपुरको चुरियामाई नजिकै यात्रुबाहक बसलाई पहिरोले पुरेको छ ।
हेटौँडा वीरगंज सडकखण्डमा गुडिरहेको उक्त बस चुरियामाई नजिकै पुगेपछि पहिरोमा परेर पुरिएको थियो ।

बसमा रहेका यात्रुहरु भने बसको सिसा फोरेर बाहिर निस्कीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक गोविन्द पुरीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ । सो घटनामा हालसम्म मानविय भने नभएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*