हेटौंडा–नारायणगढ सडकखण्डमा यातायात अवरुद्ध

२०७६ असार २७,शुक्रबार १७:११

मकवानपुर २७ असार । हेटौंडा नारायणगढ सडकखण्डको मनहरी ज्यामिरेमा पहिरो आई हेटौंडा नारायणगढ सडकखण्डमा यातायात अवरुद्ध भएको छ । अविरल परेको वर्षाका कारण आज (शुक्रबार) अपरान्ह आएको पहिरोले गर्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो हटाउन ईलाका प्रहरी कार्यालय मनहरीले डोजर त्यसतर्फ पठाईसकेको र करिब २ घण्टा भित्रै यातायात संचालन ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

त्यस्तै त्रिभुवन राजपथको बागझोरामा पनि बिहानैदेखि सडकखण्डमा यातायात अवरुद्ध बनेको छ । उक्त सडकखण्डमा यातायात सञ्चालन गर्न अझै पनि कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*