त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ बजेसम्मको लागि बन्द

२०७६ असार २७,शुक्रबार १६:२६

काठमाडौं २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार) साँझ ५ बजेसम्मको लागि बन्द गरिएको छ ।

शुक्रबार विहान नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साँझ ५ बजेसम्मको लागि बन्द गरिएको हो ।

जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो ।

त्यसलगत्तै रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि २ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको जानकारी दिइएको थियो ।

तर, अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको र अविरल वर्षा भइरहेको कारण विमानस्थल साँझ ५ बजेसम्मको लागि बन्द गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*